नियम ७०
धरौटी रकमको हिसाब मिलान गर्ने
(१) कार्यालयले आफ्नो नाममा एकल कोष खातामार्फत कारोबार भएको विवरण प्राप्त गरी स्रेस्ता बाँकी रकम र कोष तथा लेखा नियन्त्रक कार्यालयको अभिलेखमा रहेको सम्बन्धित कार्यालयको नाममा बैङ्कमा बाँकी रहेको रकम मासिक रूपमा भिडाई हिसाब मिलान गर्नु पर्नेछ। सम्बन्धित कार्यालयको धरौटीको विवरण उपलब्ध गराउने जिम्मेवारी सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयको हुनेछ।
(२) कोष तथा लेखा नियन्त्रक कार्यालयले एकल कोष खातामा रहेको धरौटीको हिसाब बैङ्कको विवरणसँग मासिक रूपमा भिडाई अद्यावधिक गर्नु पर्नेछ।
(३) यो नियमावली प्रारम्भ हुँदाका बखत कुनै कार्यालयको स्रेस्तामा जम्मा भएको धरौटी रकम भन्दा बैङ्क मौज्दात रकम कम भएमा सम्बन्धित केन्द्रीय निकायले यो नियमावली प्रारम्भ भएको एक वर्षभित्र छानबिन गरी हिसाब मिलान गर्नु पर्नेछ।